मुम्बई इन्डियन्सको धमाकेदार जित

spot_img

काठमाडौं,१९ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले शानदार प्रदर्शन गर्दै राजस्थान रोयल्सलाई १०० रनले पराजित गरेको छ।

जयपुरको स्वामी मानसिंह स्टेडियममा बिहीबार राति भएको खेलमा मुम्बईले पहिले ब्याटिङ गर्दै २ विकेट गुमाउँदै २० ओभरमा २१७ रनको विशाल स्कोर खडा गर्‍यो। मुम्बईका ओपनर रायन रिकल्टले ६१ रन र कप्तान रोहित शर्माले ५३ रनको योगदान दिए।

जवाफमा २१८ रनको लक्ष्य पछ्याएको राजस्थान १६.१ ओभरमै ११७ रनमा अलआउट भयो। बलर जोफ्रा आर्चरले ३० रन बनाए पनि अन्य ब्याट्सम्यान पूर्णतः निराशाजनक प्रदर्शनमा रहे। मुम्बईका बलर करण शर्मा र ट्रेन्ट बोल्टले ३–३ विकेट लिए भने जसप्रीत बुमराहले २ विकेट हात पारे।

राजस्थानका लागि महेश थीक्षाना र रियान परागले समान एक–एक विकेट लिएका थिए।

यस शानदार जितसँगै मुम्बईले ११ खेलबाट १४ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। विपरित, राजस्थान ६ अंकसहित आठौं स्थानमा झरेको छ र प्लेअफको दौडबाट लगभग बाहिरिएको छ।

आईपीएलमा आजको खेल गुजरात टाइटन्स र सनराइजर्स हैदराबादबीच हुँदैछ।

spot_img

ताजा अपडेट

लोकप्रिय