चोटका कारण म्याक्सवेल आईपीएलबाट बाहिरिए

spot_img

काठमाडौं,१९ वैशाख । अष्ट्रेलियन अलराउन्डर ग्लेन म्याक्सवेल इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को बाँकी खेलबाट बाहिरिएका छन्। दाहिने हातको औँलामा चोट लागेपछि उनी प्रतियोगिताबाट बाहिरिन बाध्य भएका हुन्।

आईपीएलमा पन्जाब किङ्सबाट खेलिरहेका म्याक्सवेलको प्रदर्शन यस सिजन खास प्रभावशाली देखिएन। उनले ६ खेलमा जम्मा ४८ रन बनाएका छन् भने बलिङतर्फ ४ विकेट मात्र लिएका थिए। पछिल्ला चार खेलमा त उनी १ रनभन्दा कम स्कोरमै आउट भएका थिए।

पन्जाब किङ्सले म्याक्सवेललाई पछिल्लो मेगा अक्सनमा ४ करोड २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो। तर चोटका कारण अब उनको स्थान रिक्त भएको छ।

म्याक्सवेलको बाहिरिने निर्णयसँगै पन्जाब किङ्सलाई यो सिजनको दोस्रो ठूलो झड्का लागेको हो। यसअघि, न्युजिल्यान्डका तीव्र गतिका बलर लकी फर्गुसन पनि चोटका कारण प्रतियोगिताबाट बाहिरिएका थिए।

टोलीका मुख्य प्रशिक्षक रिकी पोन्टिङले छिट्टै म्याक्सवेलको स्थान पूर्ति गर्न नयाँ खेलाडीको नाम सार्वजनिक गर्ने जानकारी दिएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय