पूर्व मुम्बई इन्डियन्स खेलाडी शिवालिक शर्मा बलात्कार अभियोगमा पक्राउ

spot_img

काठमाडाैं,२३ वैशाख । इन्डियन प्रिमियर लिग (IPL) टोली मुम्बई इन्डियन्सका पूर्वक्रिकेटर शिवालिक शर्मा बलात्कार आरोपमा पक्राउ परेका छन्। जोधपुरको कुडी भथतासनी हाउसिंग बोर्ड प्रहरी चौकीले एक युवतीको उजुरीको आधारमा उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पीडित युवती र शर्मा बीच इन्स्टाग्राममार्फत चिनजान भएको थियो। उजुरीमा उल्लेख भएअनुसार विवाह गर्ने आश्वासन दिएर व्यक्तिगत सम्बन्ध कायम गरेका शर्मा पछि पछि टाढिँदै गएका थिए। केही महिनाअघि शिवालिकको परिवारले विवाह गर्न अस्वीकार गरेपछि युवतीले प्रहरीमा उजुरी दर्ता गराएकी हुन्।

घटनापछि प्रहरीले उनलाई पक्राउ गरी न्यायिक हिरासतमा राखेको जनाएको छ।

शिवालिक शर्मा सन् २०२४ को IPL सिजनमा मुम्बई इन्डियन्ससँग २० लाख भारुमा अनुबन्धित भए पनि कुनै पनि खेल खेल्न पाएका थिएनन्। हाल उनी २०२५ को IPL सिजनका लागि कुनै पनि टोलीमा चयन भएका छैनन्।

spot_img

ताजा अपडेट

लोकप्रिय