Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

वीरगञ्जमा युवाको युथ एक्सेस...

वीरगञ्ज, जेठ ६ । युवा संस्थाले वीरगञ्जमा विगत चार वर्षदेखि सञ्चालन गरिरहेको यूथ...

सरकारी कार्यालयमा बढ्दो बेथिती...

बीरगन्ज,०६ जेठ । बीरगन्जका विभिन्न सरकारी कार्यालयहरूमा व्यापक बेथिती, अनियमितता र भ्रष्टाचार रहेको...

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...
spot_imgspot_imgspot_img
19.7 C
Kathmandu
29.5 C
Birgunj
spot_imgspot_imgspot_img

भारत भ्रमणमा नेपाल महिला क्रिकेट टोलीको पहिलो जित

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैं,२३ वैशाख । आईसीसी टी–२० महिला विश्वकप एसिया छनोटको तयारीका क्रममा भारत भ्रमणमा रहेको नेपाली महिला क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा जित दर्ता गरेको छ। मंगलबार दिल्लीमा भएको खेलमा नेपालले घरेलु टोली आरपिसिए गर्ल्सलाई ४ रनले पराजित गरेको हो।

- Advertisement -

नेपालले दिएको १३० रनको लक्ष्य पछ्याउँदै आरपिसिएले २० ओभरमा ६ विकेट गुमाउँदै १२५ रन मात्रै बनाउन सक्यो। आरपिसएका लागि नजमा खानले सर्वाधिक अविजित ४७ रन बनाइन्, भने वारुले २९ र मान्वीले २० रनको योगदान दिइन्।

नेपालका लागि बलिङमा पूजा महतोले दुई विकेट लिइन्, भने कविता कुँवर, शवनम राई र रिया शर्माले एक–एक विकेट झारिन्।

- Advertisement -

यसअघि, टस जितेर ब्याटिङ रोजेको नेपालले २० ओभरमा ८ विकेटको क्षतिमा १२९ रन बनाएको थियो। नेपालका लागि राजमति ऐरीले सबैभन्दा धेरै २९ रन बनाइन्। रुबी पोदारले २०, कविता जोशीले अविजित १९, कविता कुँवरले १८, पूजा महतोले १६ र कप्तान इन्दु बर्माले १५ रनको योगदान दिइन्।

आरपिसएका बलरमध्ये दिक्षा शर्मा र मेधवीले दुई–दुई विकेट लिए भने तारणी जोशी र पारले एक–एक विकेट लिइन्।

यसअघि नेपाल पहिलो अभ्यास खेलमा पराजित भएको थियो भने अर्को खेल वर्षाका कारण रद्द भएको थियो। नेपाली टोली भारत भ्रमणपछि सीधै थाइल्यान्ड प्रस्थान गर्नेछ जहाँ आगामी मे ९ देखि २० सम्म टी–२० विश्वकप एसिया छनोट प्रतियोगिता हुँदैछ।

नेपाल छनोटको समूह ‘सी’ मा बहराइन र हङकङसँग रहेको छ। नेपालले मे ९ र १३ मा हङकङसँग तथा मे १० र १५ मा बहराइनसँग प्रतिस्पर्धा गर्ने तालिका छ।

ताजा समाचार

spot_img

थप समाचार