Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
5.1 C
Kathmandu
10.6 C
Birgunj
spot_img

भारत भ्रमणमा नेपाल महिला क्रिकेट टोलीको पहिलो जित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैं,२३ वैशाख । आईसीसी टी–२० महिला विश्वकप एसिया छनोटको तयारीका क्रममा भारत भ्रमणमा रहेको नेपाली महिला क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा जित दर्ता गरेको छ। मंगलबार दिल्लीमा भएको खेलमा नेपालले घरेलु टोली आरपिसिए गर्ल्सलाई ४ रनले पराजित गरेको हो।

नेपालले दिएको १३० रनको लक्ष्य पछ्याउँदै आरपिसिएले २० ओभरमा ६ विकेट गुमाउँदै १२५ रन मात्रै बनाउन सक्यो। आरपिसएका लागि नजमा खानले सर्वाधिक अविजित ४७ रन बनाइन्, भने वारुले २९ र मान्वीले २० रनको योगदान दिइन्।

नेपालका लागि बलिङमा पूजा महतोले दुई विकेट लिइन्, भने कविता कुँवर, शवनम राई र रिया शर्माले एक–एक विकेट झारिन्।

यसअघि, टस जितेर ब्याटिङ रोजेको नेपालले २० ओभरमा ८ विकेटको क्षतिमा १२९ रन बनाएको थियो। नेपालका लागि राजमति ऐरीले सबैभन्दा धेरै २९ रन बनाइन्। रुबी पोदारले २०, कविता जोशीले अविजित १९, कविता कुँवरले १८, पूजा महतोले १६ र कप्तान इन्दु बर्माले १५ रनको योगदान दिइन्।

आरपिसएका बलरमध्ये दिक्षा शर्मा र मेधवीले दुई–दुई विकेट लिए भने तारणी जोशी र पारले एक–एक विकेट लिइन्।

यसअघि नेपाल पहिलो अभ्यास खेलमा पराजित भएको थियो भने अर्को खेल वर्षाका कारण रद्द भएको थियो। नेपाली टोली भारत भ्रमणपछि सीधै थाइल्यान्ड प्रस्थान गर्नेछ जहाँ आगामी मे ९ देखि २० सम्म टी–२० विश्वकप एसिया छनोट प्रतियोगिता हुँदैछ।

नेपाल छनोटको समूह ‘सी’ मा बहराइन र हङकङसँग रहेको छ। नेपालले मे ९ र १३ मा हङकङसँग तथा मे १० र १५ मा बहराइनसँग प्रतिस्पर्धा गर्ने तालिका छ।

ताजा समाचार

थप समाचार