भारतको ‘अपरेशन सिन्दूर’: पाकिस्तानका आतङ्कवादी अड्डामा हवाई आक्रमण, ३० को मृत्यु

spot_img

काठमाडौं,२४ वैशाख । भारतले ‘अपरेशन सिन्दूर’ नाम दिइएको हवाई कारबाही अन्तर्गत पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीरका विभिन्न स्थानमा आतङ्कवादी लक्ष्यहरूमा हमला गरेको छ। भारतीय सुरक्षा स्रोतहरूका अनुसार यो कारबाही बुधबार राति १:३० बजे सुरू भएको थियो।

आक्रमणका प्रमुख निशाना बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबाद रहेका थिए—ती स्थानहरू जहाँ भारतमा भएका पछिल्ला आतङ्कवादी आक्रमणहरूको योजना बनाइएको र सञ्चालन गरिएको भनिन्छ।

दैनिक भास्करको रिपोर्ट अनुसार, बहावलपुरमा भएको हवाई आक्रमणमा परि ३० आतङ्ककारीको मृत्यु भएको बताइएको छ। यस घटनालाई भारतले १५ दिन अघि पहलगाममा भएको आतङ्कवादी आक्रमणको जवाफको रूपमा लिएको जनाइएको छ।

पाकिस्तानी सेनाको जनसम्पर्क निकाय इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (ISPR) का निर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतीय वायुसेनाले कुल २४ वटा क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन्।

यस सैन्य कारबाहीले भारत–पाकिस्तान सम्बन्धमा पुनः तनाव थप्ने सम्भावना देखिएको छ, यद्यपि भारतले आन्तरिक सुरक्षालाई मुख्य प्राथमिकता दिएको सन्देश यो घटनाबाट दिएको देखिन्छ।

spot_img

ताजा अपडेट

लोकप्रिय