Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

वीरगञ्जमा युवाको युथ एक्सेस...

वीरगञ्ज, जेठ ६ । युवा संस्थाले वीरगञ्जमा विगत चार वर्षदेखि सञ्चालन गरिरहेको यूथ...

सरकारी कार्यालयमा बढ्दो बेथिती...

बीरगन्ज,०६ जेठ । बीरगन्जका विभिन्न सरकारी कार्यालयहरूमा व्यापक बेथिती, अनियमितता र भ्रष्टाचार रहेको...

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...
spot_imgspot_imgspot_img
18.7 C
Kathmandu
28.6 C
Birgunj
spot_imgspot_imgspot_img

आईपीएलमा गुजरात टाइटन्सको रोमाञ्चक जित

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२४ वैशाख । वर्षाले अवरुद्ध बनाएको खेलमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई ३ विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को अंकतालिकाको शीर्ष स्थानमा स्थान बनाएको छ।

- Advertisement -

हिजो सम्पन्न खेलमा मुम्बईले पहिले ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। गुजरातले टस जितेर मुम्बईलाई पहिले ब्याटिङको निम्तो दिएको थियो।

पानीका कारण खेलमा ढिलाइ भएपछि डकवर्थ–लुइस (DLS) प्रणाली अनुसार गुजरातले १९ ओभरमा १४७ रनको लक्ष्य पाएको थियो, जुन उसले ७ विकेट गुमाउँदै पूरा गर्‍यो।

- Advertisement -

गुजरातका लागि कप्तान शुभमन गिलले ४३ रनको योगदान दिए भने जस बटलरले ३० र शेर्फान रदरफर्डले २८ रन बनाए। मुम्बईका तर्फबाट जसप्रित बुमराह, ट्रेन्ट बोल्ट र अश्वनी कुमारले समान २–२ विकेट लिए।

यो जितसँगै गुजरातले ११ खेलमा ८ जित हासिल गर्दै १६ अंकका साथ अंक तालिकाको शिखरमा उक्लिएको छ। मुम्बई भने १२ खेलमा १४ अंकका साथ चौथो स्थानमा छ।

आईपीएलमा आजको खेलमा कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किङ्ग्स आमनेसामने हुँदैछन् ।

ताजा समाचार

spot_img

थप समाचार