spot_img

उपकार सेवा नेपालद्वारा मनमिश्रा विद्यालयमा आठ थान सिलिङ पंखा सहयोग

spot_img
spot_img

बीरगन्ज,२४ बैशाख । बीरगन्जमा गर्मीकाे कारणले कक्षा काेठामा पढ्न गाह्रो भइरहेकाले उपकार सेवा नेपालले पर्सा जिल्लाको टेढास्थित श्रीमती मनमिश्रा आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सहजताको लागि आठवटा सिलिङ पंखा प्रदान गरेको छ।

बिरगन्ज महानगरपालिका–३२ मा पर्ने यस विद्यालयमा कक्षा शिशुदेखि आठ कक्षासम्म अध्ययनरत ६९६ जना विद्यार्थीहरूलाई लक्षित गर्दै पंखा हस्तान्तरण गरिएको हो। विद्यालयमा एक सादा तर सम्मानजनक कार्यक्रम आयोजना गरियो जसमा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगीले विद्यालयका प्रधानाध्यापक राजाराम साहलाई पंखाहरू हस्तान्तरण गरिन्।

कार्यक्रममा बोल्दै सरावगीले भनिन्, “शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै बालबालिकाका लागि सहज वातावरण निर्माण गर्न यो सानो प्रयास गरेका हौं।”
प्रधानाध्यापक साहले गर्मीका कारण कक्षामा पढाइमा आएको बाधालाई समाधान गर्ने दिशामा यो सहयोग निकै प्रभावकारी हुने बताउँदै संस्थाको योगदानको प्रशंसा गरे।

कार्यक्रममा समाजसेवी पद्मा देवी सरावगी, सदस्य अंकुर शर्मा, शिक्षक-शिक्षिकाहरू, अभिभावक र विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो। सरावगीले भविष्यमा विद्यालयको विकासमा थप योगदान गर्ने प्रतिवद्धता पनि व्यक्त गरिन्।

स्थानीय अभिभावक र समुदायले पंखा सहयोगको खुलेर स्वागत गरेका छन्। उनीहरूको भनाइमा यस्तो सहयोगले सरकारी विद्यालयको शिक्षण वातावरण सुधारमा सकारात्मक प्रभाव पार्छ।

उपकार सेवा नेपालले शिक्षा, स्वास्थ्य तथा विपद् व्यवस्थापन क्षेत्रमा विगतदेखि निरन्तर सामाजिक कार्य गर्दै आएको छ। यसअघिका कार्यक्रमहरूमा पुस्तक, पोशाक, सरसफाइ सामग्री वितरण तथा स्वास्थ्य शिविर समावेश छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय