Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...

पर्सा–२ मा चुनावी सरगर्मी:...

वीरगञ्ज, ३ फागुन — पर्सा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार तथा पूर्वमन्त्री...
spot_img

मकवानपुरमा हराएको ट्रक जंगलमा फेला

spot_img

काठमाडौं,२४ बैशाख । मकवानपुरको मनहरीबाट हराएको ट्रक फेला परेको छ । मनहरी गाउँपालिका-७ रमनटारस्थित सोही स्थान बस्ने २६ वर्षीय ट्रक चालक सोमबहादुर थिङले आफ्नै घर नजिक पार्किङ गरी राखेको ना ६ ख ३६६१ नम्बरको ट्रक हराएको थियो ।

ट्रक पार्किङ गरी राखेको ठाउँबाट हराएको भन्दै चालक थिङले प्रहरीमा उजुरी दिएका थिए । चालकको उजुरीको आधारमा खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले मनहरी गाउँपालिका-९ रजैयास्थित पूर्वपश्चिम सडक खण्डको जंगलमा बेवारिसे अवस्थामा फेला पारेको हो ।

बिहान करिब ८ बजेको समयमा हराएको ट्रक बुधबार दिउँसो २ बजे फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्रक किन र कसले चलाएर उक्त स्थानमा पुर्‍याएर छाडेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेला परेको ट्रक धनी बाराको जितपुरसिमरा उपमहानगरपालिका-९ बस्ने सुरज देवकोटाको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय