पाकिस्तानको आक्रमणबाट भारतीय सेनाका लेसनायक मारिए

spot_img

काठमाडौं, २५ वैशाख – पाकिस्तानको सैन्य आक्रमणमा परी भारतीय सेनाका एक जवानको मृत्यु भएको छ। फाइभ फिल्ड रेजिमेन्टमा कार्यरत लान्स नायक दिनेश कुमारको ज्यान गएको भारतीय सेनाले पुष्टि गरेको छ।

भारतीय सेनाको ह्वाइट नाइट कोरले एक्स (पूर्व ट्विटर) मा लेखेको छ, ‘५ फील्ड रेजिमेन्टका लान्स नायक दिनेश कुमारले मे ७ मा पाकिस्तानतर्फबाट भएको गोलीबारीमा आफ्नो ज्यान गुमाएका छन्।’

कश्मीरको पहलगाम क्षेत्रमा भएको आतङ्ककारी आक्रमणमा एक नेपाली नागरिकसहित २६ जनाको मृत्यु भएको घटनाको जवाफस्वरूप भारतले मंगलबार रातिदेखि पाकिस्तानको भूभागमा हवाई हमला सुरु गरेको थियो।

भारतको आक्रमणबाट कम्तिमा ३१ जनाको मृत्यु र ५७ जनाको घाइते भएको पाकिस्तानले जनाएको छ।

भारतले पाकिस्तान नियन्त्रणमा रहेको कश्मीरमा ५ स्थान र पाकिस्तानको मुख्य भूमिमा ४ स्थान गरी जम्मा ९ स्थानमा हवाई आक्रमण गरेको हो। तीमध्ये पाकिस्तानको बहावलपुरमा रहेको जैश-ए-मोहम्मदको आधार शिविरमा आक्रमण हुँदा संगठनका कमाण्डर मसुद अजहरका आफन्त १० जनाको मृत्यु भएको पुष्टि भएको छ। जैश-ए-मोहम्मदले समेत उनीहरूको मृत्युको पुष्टि गरेको छ।

‘अपरेसन सिन्दूर’ नाम दिइएको भारतीय हवाई आक्रमणपछि सीमामा दुवै पक्षबाट आक्रमणको मात्रा तीव्र बनेको छ। निरन्तर चलिरहेको गोलाबारीका कारण सयौं नागरिकहरू बंकरमा लुकेका छन् वा सुरक्षित स्थानतर्फ सरेका छन्। आक्रमणले घरहरू, सवारीसाधन, धार्मिक स्थल लगायतका भौतिक संरचनामा व्यापक क्षति पुर्‍याएको छ। यो यति ठूलो आक्रमण सन् २०२१ फेब्रुअरी २५ मा भएको युद्धविराम सम्झौपछिको पहिलो ठूलो सशस्त्र झडप मानिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय