Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
6.1 C
Kathmandu
12.1 C
Birgunj
spot_img

भारतीय रक्षा मन्त्रालयको निर्देशन: सैन्य गतिविधिको लाइभ कभरेज नगर्न आग्रह

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२६ वैशाख । भारतको रक्षा मन्त्रालयले सञ्चारमाध्यम, डिजिटल प्लेटफर्म र व्यक्तिहरूलाई सुरक्षा सम्बन्धी गतिविधिको प्रत्यक्ष प्रसारण नगर्न स्पष्ट निर्देशन दिएको छ।

भारत–पाकिस्तानबीच हाल चर्किएको तनावको पृष्ठभूमिमा रक्षा मन्त्रालयले यस्तो निर्देशन जारी गरेको हो। मन्त्रालयले चेतावनी दिँदै भनिएको छ, “संवेदनशील र स्रोतमा आधारित जानकारी समयभन्दा अगाडि सार्वजनिक हुँदा सैन्य अभियानहरू प्रभावित हुने मात्र होइन, नागरिकको ज्यान समेत जोखिममा पर्न सक्छ।”

मन्त्रालयले अघिल्ला घटनाहरू — कारगिल युद्ध, मुम्बई हमला (२००८) र कन्दार विमान अपहरण — को उदाहरण दिँदै अनियन्त्रित कभरेजका कारण सिर्जना भएका संकटलाई स्मरण गराएको छ।

यसै सन्दर्भमा मन्त्रालयले भारतको ‘केबल टेलिभिजन नेटवर्क (रेगुलेशन) एक्ट’ अन्तर्गत आतंकवाद विरोधी कारबाहीको समाचार सम्प्रेषण गर्दा आधिकारिक स्रोतले दिएको जानकारी मात्रलाई आधार बनाउन आग्रह गरेको छ।

सञ्चार माध्यमप्रति सम्बोधन गर्दै मन्त्रालयले भनेको छ, “राष्ट्र सेवामा उच्चतम् पत्रकारिता मापदण्ड कायम राख्न सबै सरोकारवालाले सतर्कता, संवेदनशीलता र जिम्मेवारीका साथ काम गर्नु आवश्यक छ।” साथै, सुरक्षा अभियानसम्बन्धी विवरणहरू आधिकारिक पुष्टि नभएसम्म गोप्य राख्न र लीक हुन नदिन मन्त्रालयले अनुरोध गरेको छ।

 

ताजा समाचार

थप समाचार