नेपाल महिला टिम टी–२० विश्वकप एसिया छनोटको सुपर–३ मा

spot_img

काठमाडौं,०२ जेठ । नेपालले महिला टी–२० विश्वकपको एसिया छनोटमा महत्वपूर्ण सफलता हात पार्दै सुपर–३ चरणमा स्थान बनाएको छ। थाइल्याण्डमा जारी प्रतियोगिताको समूह चरणमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै ४ खेलमा २ जित, १ हार र १ बराबरीसहित ५ अंक जोडेको हो।

सुपर–३ मा पुग्ने बाटो हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएपछि खुलेको हो। हङकङले पनि नेपालजस्तै ५ अंक जोडे पनि जितको संख्यामा नेपाल अगाडि रहेकाले नेपाललाई सुपर–३ चरणमा स्थान सुरक्षित भयो।

अब नेपालले सुपर–३ मा यूएई र थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। यो चरणमा शीर्ष २ स्थानमा रहने टोलीले महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ।

spot_img

ताजा अपडेट

लोकप्रिय