रवि लामिछानेविरुद्धको सहकारी ठगी मुद्दामा मिसिल झिकाउन पोखरा उच्च अदालतको आदेश

spot_img

काठमाडौं,०४ जेठ । पोखरा उच्च अदालतले सूर्यदर्शन सहकारी ठगी मुद्दाको मिसिल झिकाउने आदेश गरेको छ । उच्च अदालत पोखराले पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्धको सहकारी ठगी मुद्दामा मिसिल प्रमाण झिकाउन आदेश गरेको हो । मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको इजलासले आज कास्की जिल्ला अदालतमा पेश भएको मिसिल झिकाउने आदेश जारी गरेको हो ।

शुक्रबार रवि लामिछानेका कानुन व्यवसायीहरूले आफूहरूलाई जानकारी नै नदिई सुनुवाइ अघि बढाएको भन्दै इजलासमा आपत्ति जनाएका थिए । त्यसपछि इजलासले आजका लागि निवेदनहरूलाई हेर्दाहेदैमा राख्ने आदेश गरेको हो । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले पुस २५ मा लामिछानेलाई ६५ लाख धरौटी लिई तारेखमा छाड्न आदेश दिएको थियो । सो आदेश खारेजको माग गर्दै मुद्दाका दुवै पक्षले उच्च अदालत पोखरामा पुनरावेदन दिएको थियो ।

रवि लामिछानेले आफू सामान्य तारिखमा रिहा हुनुपर्ने माग गरेका थिए भने सरकारी वकिलले उनलाई थुनामै राख्नुपर्ने माग गरेका छन् । यसअघि बुटवलको सुप्रिम सहकारीको ठगीमा जिल्ला अदालतबाट एक करोड धरौटीमा रिहा भएका लामिछानेलाई उच्च अदालत बुटवलले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । लामिछाने रुपन्देही कारागारमा छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय