spot_img

सिरहाबाट करिब ३२ किलो गाँजासहित तीन जना पक्राउ

spot_img
spot_img

सिरहा,०६ जेठ । जिल्ला प्रहरी कार्यालय सिरहाले शिद्धीक्षा पशुपालन तथा कृषि फर्ममा लुकाइराखेको करिब ३२ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

गत वैशाख ४ गते राति साढे ११ बजे नरहा गाउँपालिका वडा नम्बर १ देविपुरस्थित संजय दासले नयाँ संचालन गरेको शिद्धीक्षा पशुपालन तथा कृषी फर्ममा लागु औषध गाँजा राखि बिक्री वितरण गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी निरीक्षक आकाश उप्रेतीको कमाण्डमा गएको प्रहरी टोलीले उक्त परिमाणमा लागुऔषध गाँजा बरामद गरेको हो ।

स्थानीय जनप्रतिनिधिहरूको रोहबरमा खानतलासी गर्दा उक्त फार्म भित्र दुई वटा प्लाष्टिकको बोरामा लुकाई छिपाई राखेको एउटा बोरामा १७.१५७ किलोग्राम र अर्को बोरामा १४.६६३ किलोग्राम गरी जम्मा ३१ किलो ८२० ग्राम लागु औषध गाँजा बरामद गरेको हो । उक्त कारोबारमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा फार्मको संचालक जिल्ला सिरहा नरहा गाउँपालिका वडा नम्बर ०१ बस्ने बर्ष ३५ को संजय दास, सोही ठाउँका ३१ वर्षीय रामशरण दास, संजय दासका गाडी चालक जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नम्बर ४ घर भई हाल नरहा गाउँपालिका वडा नम्बर १ बस्ने २० वर्षका धिरज महतो रहेको सिरहा प्रहरीले जनाएको छ । उनीहरुको साथबाट मोबाईल ४ थान, लागू औषध गाँजाको बोरा सिलाउने मेसिन १ थान बरामद गरिएको छ । पक्राउ परेका उनीहरुलाई सिरहा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय