Date
शुक्र, असार ६, २०८२
Fri, June 20, 2025
Date
शुक्र, असार ६, २०८२
Fri, June 20, 2025

इजरायल–इराक युद्ध प्रभावित नेपालीका...

काठमाडौं,०६ असार । इजरायल–इराक युद्धका कारण स्वदेश फर्कन चाहने नेपालीलाई सहयोग गर्न सरकारले...

पोखरिया नगरपालिका भ्रष्टाचार प्रकरणः...

बीरगन्ज,०६ असार । भ्रष्टाचारसम्बन्धी उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्सास्थित पोखरिया नगरपालिकामा...

फेटा गाउँपालिकाद्धारा ४० करोडको...

बीरगन्ज,०६ असार ।  बारा जिल्लाको फेटा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि...

नन्दु हत्या प्रकरणमा पाँच...

बारा,०६ असार । बाराको कलैया उपमहानगरपालिका–१४ मा जेठ २९ गते घटेको नन्दु राउत...
spot_imgspot_imgspot_img
24.9 C
Kathmandu
33 C
Birgunj
spot_imgspot_imgspot_img

सर्लाही जाँदै गरेकाे भ्यान त्रिभुवन राजपथमा दुर्घटना हुँदा १४ जना घाइते

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

हेटाैंडा,०६ जेठ । मकवानपुरकाे उत्तरी क्षेत्र चित्लाङबाट सर्लाही जाँदै गरेकाे वीङ्गर भ्यान गाडी त्रिभुवन राजपथ सडकखण्डमा दुर्घटना भएकाे छ ।

- Advertisement -

आज दिउँसो भीमफेदी गाउँपालिका-९ त्रिभुवन राजपथकाे छैसठ्ठी माेडमा प्रदेश २-०३-००१ ज ०१४७ नम्बरको विङ्गर गाडी सडकबाट करिब २० मिटर तल खसेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ ।

दुर्घटना भएकाे गाडी सल्लाको रूखमा अड्किएकाे प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । दुर्घटनामा परी भ्यानमा सवार १४ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाकाे अवस्था गम्भीर रहेकाे डिएसपी अर्यालले बताए । उनीहरूलाई उपचारकाे लागि हेटाैंडा अस्पताल ल्याइएकाे छ ।

घटनास्थलमा रहेकाे प्रहरी टाेलीका अनुसार भ्यान ब्रेक फेल भएर दुर्घटना भएकाे हाे । घाइतेहरूकाे उद्दारमा जिल्ला ट्राफिक, इलाका प्रहरी कार्यालय पालुङ, भीमफेदी, प्रहरी चाैकी भैंसे, सिमभज्याङ २५ जना प्रहरी परिचालन भएका थिए ।

ताजा समाचार

spot_img

थप समाचार