spot_img

रवि लामिछानेको रिटमाथि आज पनि सर्वोच्चमा सुनुवाइ

spot_img
spot_img

काठमाडौं,०७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसम्बन्धी बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि आज पुनः सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। मंगलबार भएको प्रारम्भिक बहस नसकिएपछि न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले मुद्दा “हेर्दाहेर्दै” मा राखेको हो।

रिट निवेदन गत वैशाख ७ गते लामिछानेकी श्रीमती निकिता पौडेलले दायर गरेकी थिइन्। यसअघि यो रिट पटक–पटक स्थगित हुँदै आएको थियो। मंगलबार पहिलोपटक मुद्दा सुनुवाइमा प्रवेश भएको हो।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले चैत २२ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। सो आदेशविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको हो।

spot_img

ताजा अपडेट

लोकप्रिय