Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारविरुद्ध...

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता...

पर्सामा प्रतिनिधिसभा निर्वाचन: चार...

  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा जिल्लाका चारवटै निर्वाचन...

पूर्वमुख्यमन्त्री सिंहले सप्तरी–२ बाट...

सप्तरी,०६ माघ । पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा...

प्रतिनिधिसभा निर्वाचनका लागि भारतबाट...

काठमाडौँ,०६ माघ । भारत सरकारले नेपालको प्रतिनिधिसभा निर्वाचन व्यवस्थापनका लागि ५३८ वटा सवारी...
spot_imgspot_imgspot_img
6.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

१० महिनामा यूएईमा २६१ नेपाली श्रमिकको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०८ जेठ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिना (साउनदेखि वैशाखसम्म) वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (यूएई) मा २६१ जना नेपाली श्रमिकको मृत्यु भएको छ ।

यूएईस्थित नेपाली दूतावासले सार्वजनिक गरेको तथ्यांकअनुसार यो संख्या गत आर्थिक वर्षको सोही अवधिको भन्दा बढी हो ।

दूतावासको विवरणअनुसार, २०८१ साउनमा ३० जना, भदौमा ३२ जना, असोजमा ३३ जना, कात्तिकमा ३५ जना, मंसिरमा २४ जना, पुसमा १३ जना, माघमा २५ जना, फागुनमा १७ जना, चैतमा १७ जना र २०८२ वैशाखमा ३५ जना नेपालीको मृत्यु भएको छ । यसरी पछिल्लो १० महिनामा प्रत्येक महिना औसतमा २६ जनाभन्दा बढी नेपाली कामदारले ज्यान गुमाएका छन् ।

गत आर्थिक वर्ष २०८०/८१ मा यूएईमा २३१ जना नेपालीले ज्यान गुमाएका थिए, जुन बेला प्रत्येक महिना औसतमा १९ जना नेपालीको मृत्यु भएको थियो ।

यूएईमा नेपाली श्रमिकहरूको मृत्युका प्रमुख कारणहरूमा सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयाघात र मुटुसम्बन्धी रोगहरू रहेका छन् ।

ताजा समाचार

थप समाचार