आईपीएल प्लेअफ दौड झनै रोमाञ्चक

spot_img

काठमाडौं,११ जेठ ।  इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफको दौड अन्तिम मोडमा झनै रोचक बन्न पुगेको छ। शनिबार दिल्ली क्यापिटल्ससँग ६ विकेटले पराजित भएपछि पन्जाब किंग्सको शीर्ष दुईमा पुग्ने आशा धरापमा परेको छ। यो हारसँगै प्लेअफ समीकरण थप पेचिलो बनेको छ।

पछिल्ला तीन दिनमा प्लेअफ पुगिसकेका तीनै टोली पराजित भएपछि तालिका थप खुला भएको छ। गुजरात टाइटन्स १८ अंकसहित शीर्ष स्थानमा कायम छ भने पन्जाब किंग्स र रोयल च्यालेन्जर्स बेंगलुरु समान १७ अंकमा छन्। मुम्बई इन्डियन्स १६ अंकमा रहेको छ। अब सबैको एक/एक खेलमात्र बाँकी छ, जसले शीर्ष दुईमा पर्ने टोलीको टुंगो लगाउनेछ। नियम अनुसार शीर्ष दुई टोली ‘क्वालिफायर १’ मा प्रवेश गर्छन्।

टस हारेर पहिला फिल्डिङमा उत्रिएको दिल्लीले पन्जाबले दिएको २०७ रनको विशाल लक्ष्य ३ बल बाँकी रहँदै पार गर्‍यो। समीर रिज्भी र करुण नैरले आक्रामक पारी खेल्दै दिल्लीलाई शानदार जित दिलाए। रिज्भीले २५ बलमा ५८ रन (३ चौका, ५ छक्का) र नैरले २७ बलमा ४४ रन (५ चौका, २ छक्का) बनाए।

ट्रिस्टन स्टब्सले १४ बलमा १८ रन बनाएर जित पक्का गरे। सुरुवाती बलमा केएल राहुलले २१ बलमा ३५ रन (६ चौका, १ छक्का) र कप्तान फाफ डु प्लेसिसले १५ बलमा ३३ रन (२ चौका, १ छक्का) बनाए।

यसअघि पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०६ रन बनाएको थियो। श्रेयस ऐरले ५३ र मार्कस स्टोइनिसले अविजित ४४ रन जोडे। दिल्लीका लागि मुस्ताफिजुर रहमानले २ विकेट लिए।

spot_img

ताजा अपडेट

लोकप्रिय