मधेश क्रिकेट लिगमा पर्साको लगातार दोस्रो हार

spot_img

बीरगन्ज,११ जेठ । मधेश क्रिकेट लिग सिजन–१ मा घरेलु मैदानमा खेलेको दोस्रो खेलमै पनि पर्सा विजयी हुन सकेन। शनिबार धनुषासँग १५ रनको हार बेहोरेपछि पर्साले लगातार दोस्रो पराजय व्यहोरेको हो।

टस हारेर पहिला ब्याटिङ गरेको धनुषाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११० रन बनायो। धनुषाका मयन यादवले २७ रन र हिमांशु दत्तले २२ रनको योगदान दिए। बलिङतर्फ पर्साका सम्साद मन्सुरीले प्रभावशाली प्रदर्शन गर्दै ३ विकेट लिए भने अनुज चौहानले २ विकेट निकाले।

साधारण लक्ष्य पछ्याउने क्रममा पर्साको ब्याटिङ लाइन अप धराशायी भयो। पर्सा १९.१ ओभरमै ८५ रनमा अलआउट भयो। टोलीका लागि सफवान अलीले सर्वाधिक ३१ रन बनाउँदा सुरज कुर्मीले १७ रन जोडे।

धनुषाका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। रामरुप यादवले ४ विकेट लिएर पर्साको मुख्य झट्का बने भने विक्रान्त यादवले २ विकेट लिए। उत्कृष्ट प्रदर्शनका आधारमा रामरुप यादव ‘प्लेयर अफ द म्याच’ घोषित भए।

spot_img

ताजा अपडेट

लोकप्रिय