आईपीएल उपाधिका लागि बेंगलुरु र पञ्जाब आमनेसामने

spot_img

काठमाडौं,२० जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को उपाधिका लागि आज मंगलबार साँझ रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र पञ्जाब किङ्सबीच रोमाञ्चक भिडन्त हुँदैछ। विश्वकै ठूलो क्रिकेट रंगशाला—अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने फाइनल खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।

आईपीएलको सुरुआतदेखि नै सहभागी हुँदै आएका यी दुई टोलीले अहिलेसम्म उपाधि जित्न सकेका छैनन्। बेंगलुरु यसअघि तीनपटक (२००९, २०११, २०१६) फाइनल पुगे पनि उपाधिबाट वञ्चित रहँदै आएको छ। पञ्जाब किङ्सले भने सन् २०१४ मा पहिलोपटक फाइनल पुगेको थियो तर त्यतिबेला पनि उपाधि हात पार्न सकेन।

लिग चरणमा दुवैले समान खेलबाट समान अंक बटुलेका थिए, तर पञ्जाबले उत्कृष्ट नेट रनरेटका आधारमा तालिकाको शीर्ष स्थानमा रहँदै प्लेअफमा सिधा स्थान बनाएको थियो। बेंगलुरु दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा पञ्जाबलाई हराएर फाइनल यात्रा तय गर्‍यो। त्यही खेलको बदला लिन पञ्जाबले दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई हराएर फाइनलमा पुनः बेंगलुरुसँगको भेट पक्का गर्‍यो।

आईपीएल इतिहासमा यी दुई टिमबीच ३६ पटक प्रतिष्पर्धा भएको छ। यीमध्ये दुबै टिमले १८–१८ खेल जितेका छन्, जुन आँकडाले दुबै टिमको प्रतिस्पर्धा कति बलियो छ भन्ने देखाउँछ। यद्यपि पछिल्ला ६ खेलमध्ये ५ पटक बेंगलुरुले बाजी मारेको छ, जसले फाइनल अघि बेंगलुरुको मनोबल बलियो बनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय