निकोलस पुरनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा

spot_img

काठमाडौं,२७ जेठ । वेस्ट इन्डिज क्रिकेट टोलीका प्रमुख ब्याट्सम्यान निकोलस पुरनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत एकाएक यस्तो निर्णय सार्वजनिक गर्दै समर्थक र क्रिकेट जगतलाई चकित पारेका हुन्।

२९ वर्षीय पुरन वेस्ट इन्डिजका लागि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी खेल खेल्ने खेलाडीका रूपमा परिचित छन्। उनले १०६ वटा टी–२० खेलमा २,२७५ रन बनाएका छन् भने ६१ एकदिवसीय (ODI) खेलमा १,९८३ रन आफ्नो नाममा लेखाएका छन्।

टी–२० अन्तर्राष्ट्रियमा पुरनले सन् २०१६ मा पाकिस्तानविरुद्ध डेब्यू गरेका थिए भने एकदिवसीय क्रिकेटमा उनले सन् २०१९ मा इंग्ल्याण्डविरुद्ध पदार्पण गरेका थिए।

पुरन पछिल्लो समय वेस्ट इन्डिजको राष्ट्रिय टोलीभन्दा अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगहरूमा बढी सक्रिय देखिन्थे। उनले विश्वभरका प्रमुख लिगहरू  जस्तै आइपीएल, पीएसएल, बीबीएल, सीपीएल आदिमा धमाकेदार प्रदर्शन गर्दै आएका थिए। राष्ट्रिय टोलीका लागि विश्वकप तथा छनोट प्रतियोगितामा मात्र सहभागी हुने गरेका कारण उनलाई निरन्तरता नपाएको खेलाडीको रूपमा पनि चर्चा हुने गरेको थियो।

निकोलस पुरनले सधैं आक्रामक शैलीमा ब्याटिङ गर्दै दर्शकलाई रोमाञ्चित बनाएका थिए।

spot_img

ताजा अपडेट

लोकप्रिय