काठमाडौं,२७ जेठ । आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपालले सुस्त सुरुवात गरेको छ। नेपालले सुरुवाती पावरप्लेको १० ओभरमा २ विकेट गुमाउँदै ३७ रन बनाएको हो।
नेपालले ओेपनरद्वय कुशल भुर्तेल र अनिल शाहलाई क्रमशः १८ र २ रनमा गुमायो। स्कटल्यान्डका लागि पल भान मिकरानले दुवै ओपनरको विकेट लिएका हुन्।
नेपालले यही श्रृंखलाको पहिलो खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको थियो। स्कटल्यान्डसँग भने पहिलो खेलमा १ विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा २ रनले हार बेहोर्यो।

