Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025
Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

गुरु पूर्णिमामा प्याब्सन बीरगन्ज–पर्साले...

बीरगन्ज, २६ असार -गुरु पूर्णिमाको पावन अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सन...

बागमती प्रदेश सरकारले २६...

काठमाडौं,२६ असार । चालु आर्थिक वर्ष बागमती सरकारको २६ प्रतिशत बजेट फ्रिज भएको...

सम्झौताअनुसार भारतले पानी नछोडदा...

बीरगन्ज,२६ असार । नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारतले पर्याप्त पानी नदिँदा बारा र...

डा. अरविन्द शाहको नेतृत्वमा...

बीरगन्ज,२६ असार । पर्साको पोखरिया अस्पतालले चिकित्सा क्षेत्रमा एउटा महत्त्वपूर्ण सफलता हासिल गरेको...
spot_imgspot_imgspot_img
23.5 C
Kathmandu
31.7 C
Birgunj
spot_img
spot_imgspot_imgspot_img

अमेरिका र चीनबीच व्यापार सम्बन्ध अघि बढाउने सहमति

spot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२८ जेठ । अमेरिका र चीनबीच महिनौंसम्म आयातकर सम्बन्धी विवाद चलिरहेकोमा दुई देशका शीर्ष अधिकारीहरूले व्यापारका विषयमा सुमधुर रूपमा अघि बढ्नका लागि एउटा फ्रेमवर्कमा सम्झौता भएको मंगलवार घोषणा गरेका छन् ।
लन्डनको ल्यान्कास्टर हाउसमा लगभग २० घन्टा चलेको वार्तापछि बोल्दै अमेरिकाका वाणिज्यमन्त्री हावर्ड लुटनिकले त्यसको जानकारी दिएका हुन् ।

- Advertisement -

‘हामीले जेनेभा सहमतिलाई कार्यान्वयन गर्ने फ्रेमवर्क बनाएका छौं,’ उनले बताए । जेनेभा सहमतिमा दुवै पक्षले चर्को आयातकरलाई ९० दिनसम्म स्थगित गर्ने प्रतिबद्धता गरेका थिए । लुटनिकले दुर्लभ पदार्थको निर्यातमा रहेको विवाद पनि समाधान हुने आशा व्यक्त गरे । आधुनिक विद्युतीय उपकरणहरूमा उपयोग हुने दुर्लभ पदार्थका लागि चीन संसारको सबभन्दा ठूलो निर्यातक हो । विद्युतीय वाहनदेखि लिएर हतियार प्रणालीसम्ममा यसको उपयोग हुन्छ ।

बेइजिङले गत अप्रिल महिनामा यसको निर्यातमा बन्देज लगाएपछि संसारभरि चिन्ता व्यक्त गरिएको हो । दुवै देशका राष्ट्रपतिले नयाँ फ्रेमवर्कलाई स्वीकृति दिएपछि यस विषयमा समाधान निस्कने लुटनिकले बताए । दुई देशका प्रतिनिधिबीच थप बैठकको सम्भावना नरहेको अमेरिकाका व्यापार प्रतिनिधि जेमीसन ग्रीयरले पुष्टि गरे । तर दुई देशबीच सम्पर्क कायम रहने उनको भनाइ छ । चिनियाँहरूसँग सम्पर्क राख्ने विषयमा आफू सकारात्मक रहेको उनले बताए ।

- Advertisement -

चीनका प्रमुख सम्झौताकर्ता ली चङगाङले दुवै देशका प्रतिनिधिले आआफ्‌ना राष्ट्रपतिलाई व्यापार सम्बन्धका विषयमा प्रस्ताव लैजाने जानकारी दिए ।
गत मे महिनामा स्विटजरल्यान्डको जेनेभामा भएका छलफलमा दुई देशले आयातकर घटाउने विषयमा सहमति जनाएका थिए । तर अमेरिकाले सेमीकन्डक्टर प्रविधिमा चीनको पहुँच रोकेको र चीनले दुर्लभ पदार्थ निर्यातमा बन्देज लगाएकोले तनाव कायम छ । चिनियाँ बजार अमेरिकी उत्पादनका लागि खोलिनुपर्ने अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको भनाइ छ ।

ताजा समाचार

spot_img

थप समाचार