Date
बिहि, फाल्गुन ७, २०८२
Thu, February 19, 2026
Date
बिहि, फाल्गुन ७, २०८२
Thu, February 19, 2026

सर्लाहीमा तीन मोटरसाइकल आपसमा...

सर्लाही,०७ फागुन । सर्लाहीको बाँके–सङ्ग्रामपुर सडकखण्ड अन्तर्गत खीला गाउँ नजिक बुधबार राति भएको...

एमालेले आज घोषणापत्र सार्वजनिक...

काठमाडौं,०७ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आज...

‘टिम नेपाल’मार्फत पाँच वर्षमै...

जनकपुर,०७ फागुन । गगन थापा ले ‘टिम नेपाल’को अवधारणा अघि सार्दै पाँच वर्षभित्र...

लोकतान्त्रिक–प्रगतिशील शक्तिलाई विजयी गराउन...

काठमाडौं,०७ फागुन । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट आन्दोलनका वरिष्ठ नेता झलनाथ खनाल ले...
spot_img

अमेरिका र चीनबीच व्यापार सम्बन्ध अघि बढाउने सहमति

spot_img

काठमाडौं,२८ जेठ । अमेरिका र चीनबीच महिनौंसम्म आयातकर सम्बन्धी विवाद चलिरहेकोमा दुई देशका शीर्ष अधिकारीहरूले व्यापारका विषयमा सुमधुर रूपमा अघि बढ्नका लागि एउटा फ्रेमवर्कमा सम्झौता भएको मंगलवार घोषणा गरेका छन् ।
लन्डनको ल्यान्कास्टर हाउसमा लगभग २० घन्टा चलेको वार्तापछि बोल्दै अमेरिकाका वाणिज्यमन्त्री हावर्ड लुटनिकले त्यसको जानकारी दिएका हुन् ।

‘हामीले जेनेभा सहमतिलाई कार्यान्वयन गर्ने फ्रेमवर्क बनाएका छौं,’ उनले बताए । जेनेभा सहमतिमा दुवै पक्षले चर्को आयातकरलाई ९० दिनसम्म स्थगित गर्ने प्रतिबद्धता गरेका थिए । लुटनिकले दुर्लभ पदार्थको निर्यातमा रहेको विवाद पनि समाधान हुने आशा व्यक्त गरे । आधुनिक विद्युतीय उपकरणहरूमा उपयोग हुने दुर्लभ पदार्थका लागि चीन संसारको सबभन्दा ठूलो निर्यातक हो । विद्युतीय वाहनदेखि लिएर हतियार प्रणालीसम्ममा यसको उपयोग हुन्छ ।

बेइजिङले गत अप्रिल महिनामा यसको निर्यातमा बन्देज लगाएपछि संसारभरि चिन्ता व्यक्त गरिएको हो । दुवै देशका राष्ट्रपतिले नयाँ फ्रेमवर्कलाई स्वीकृति दिएपछि यस विषयमा समाधान निस्कने लुटनिकले बताए । दुई देशका प्रतिनिधिबीच थप बैठकको सम्भावना नरहेको अमेरिकाका व्यापार प्रतिनिधि जेमीसन ग्रीयरले पुष्टि गरे । तर दुई देशबीच सम्पर्क कायम रहने उनको भनाइ छ । चिनियाँहरूसँग सम्पर्क राख्ने विषयमा आफू सकारात्मक रहेको उनले बताए ।

चीनका प्रमुख सम्झौताकर्ता ली चङगाङले दुवै देशका प्रतिनिधिले आआफ्‌ना राष्ट्रपतिलाई व्यापार सम्बन्धका विषयमा प्रस्ताव लैजाने जानकारी दिए ।
गत मे महिनामा स्विटजरल्यान्डको जेनेभामा भएका छलफलमा दुई देशले आयातकर घटाउने विषयमा सहमति जनाएका थिए । तर अमेरिकाले सेमीकन्डक्टर प्रविधिमा चीनको पहुँच रोकेको र चीनले दुर्लभ पदार्थ निर्यातमा बन्देज लगाएकोले तनाव कायम छ । चिनियाँ बजार अमेरिकी उत्पादनका लागि खोलिनुपर्ने अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको भनाइ छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय