spot_img

सुनको मूल्य ४२ सय रुपैंयाले बढ्यो

spot_img
spot_img

काठमाडौं,३० जेठ । आज नेपाली बजारमा सुनको मूल्यमा एकैदिन तोलामा ४ हजार २ सय रुपैयाँको भारी वृद्धि भएको छ ।

आज तोलामै ४२ सय रुपैंयाले बढेसँगै छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार १ सय रुपैयाँ कायम भएको हो । यसअघि बिहीबार यसको मूल्य १ लाख ९२ हजार ९ सय रुपैयाँ थियो । यसैगरी, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय