spot_img

चितवनमा बिना घूस लाइसेन्स नपाइने गुनासोपछि अख्तियारको छापा

spot_img
spot_img

भरतपुर,३० जेठ । चितवनको यातायात व्यवस्था कार्यालय र महालक्ष्मी ट्रायल सेन्टरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आशंकामा छापा मारेको छ। अख्तियारको विशेष टोलीले शुक्रबार बिहानै ती कार्यालयहरूमा पुगेर कागजात संकलन गरेको हो।

सूचनाका अनुसार, लाइसेन्स वितरणमा व्यापक भ्रष्टाचार भएको गुनासोपछि अख्तियारले उक्त कारबाही अघि बढाएको हो। अख्तियार टोली अहिले पनि कार्यालय परिसरमै रहेर अनुसन्धानमा जुटिरहेको छ। त्यस्तै, यातायात कार्यालयसँगै रहेको कुमार मोटर ड्राइभिङ र गुरुङ स्किल ड्राइभिङ सेन्टरमा समेत अख्तियारले छापा हानी आवश्यक कागजात नियन्त्रणमा लिएको स्रोतको दाबी छ।

चितवन जिल्लामा पैसा तिरेर मात्र सवारी चालक अनुमति पत्र (लाइसेन्स) पाइने, ट्रायल पास गराउन मिलेमतो हुनेजस्ता गुनासोहरू लगातार बढिरहेका थिए। स्थानीयहरूका अनुसार, इमानदार प्रयासबाट लाइसेन्स पाउन गाह्रो भएकोले, अनियमितता नियन्त्रण गर्न तत्काल सुधार आवश्यक देखिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय