त्रिदेशीय टी२० शृंखलाः आज नेपाल र नेदरल्याण्ड्स आमनेसामना

spot_img

काठमाडौं,०२ असार । स्कटल्याण्डमा जारी त्रिदेशीय टी(२०आई शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै छ ।

खेल ग्लासग्लोस्थित तितवूड मैदानमा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रसारण टेलिभिजनमा एक्सन स्पोर्ट्स र एडिआर स्पोर्ट्स च्यानलमार्फत युट्यबुमा हेर्न सकिनेछ ।

यसअघि आइतबार भएको शृंखलाको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डले नेदरल्याण्ड्सलाई ३९ रनले हराएको थियो । १६१ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १२१ रनमा अलआउट भयो ।

नेपाल र नेदरल्याण्ड्सबीच हालसम्म भएका टी(२०आई खेलहरूमा ७ खेल नेदरल्याण्ड्सले जितेको छ भने ५ खेल नेपालले जित्दा १ खेल नतिजाविहीन छ ।

पछिल्लोपटक नेपाल र नेदरल्याण्ड्स सन् २०२४ जुनमा आईसीसी टी(२० विश्वकपको खेलमा भिडेका थिए जहाँ नेदरल्याण्ड्स विजयी भएको थियो ।

त्यसअघि मार्चमा कीर्तिपुरमा भएको त्रिदेशीय शृंखलाको फाइनलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो । फाइनलअघि भएको २ खेलमा भने दुवै टोलीले १(१ जित निकाले ।

spot_img

ताजा अपडेट

लोकप्रिय