spot_img

पर्साको जिराभवानीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो १७ बोरा भारतीय मल

spot_img
spot_img

सेढवा,०२ असार । पर्सा जिल्लाको जिराभवानी गाउँपालिकाबाट सशस्त्र प्रहरीले भारतीय युरिया मलको ठूलो परिमाण बरामद गरेको छ। विशेष सूचनाका आधारमा गरिएको छापामा १७ बोरा मल फेला परेको हो।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (BOP) महादेवबाट खटिएको टोलीले जिराभवानी गाउँपालिका–१ बलुवामा स्थानीय नेशार समानीको घरमा भण्डारण गरिरहेको अवस्थामा मल बरामद गरेको हो। टोलीको नेतृत्व सशस्त्र प्रहरी सहायक निरीक्षक जिन्दा प्रसाद यादवले गरेका थिए।

बरामद गरिएको मललाई आवश्यक प्रक्रिया पूरा गरी वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साका प्रवक्ता, सशस्त्र प्रहरी नायब उपरीक्षक (DSP) देवेन्द्र बहादुर सिंहले जानकारी दिए।

भारतबाट चोरपथमार्ग हुँदै ल्याइने यस्ता कृषि मलहरू स्थानीय किसानहरूका लागि प्रयोग हुने आशंका गरिए पनि यसरी अवैध रूपमा भण्डारण गरिएको युरिया मलले कालोबजारी र तस्करीको संकेत दिएको स्थानीय स्रोतको भनाइ छ।

spot_img

ताजा अपडेट

लोकप्रिय