spot_img

सर्लाहीमा हावाहुरीले गोठ भत्किँदा दुई वटा भैँसीको मृत्यु

spot_img
spot_img

रौतहट,०४ असार । सर्लाहीको बागमती नगरपालिका–३, जिरायतमा बुधबार बिहान आएको तेज हावाहुरीले स्थानीय किसान रामप्रताप रायको गोठ भत्किँदा दुई वटा भैँसीको मृत्यु भएको छ। गोठमा रहेका १३ मध्ये दुई भैँसी च्यापिएर मरेका हुन् भने अन्य दुई घाइते भएका छन्। बाँकी नौ भैँसी सकुशल छन्।

घटना बिहानपख आएको हावाहुरीका कारण भएको हो। रायले व्यावसायिक रूपमा पालेको गोठ खपडाले छाइएको थियो, जुन हावाहुरीले भत्काएपछि दुर्घटना भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिए।

उनका अनुसार मृत भैँसीबाट करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ। गाउँलेहरूले सहयोग गर्दै काठपात हटाएर बाँकी भैँसीहरूलाई सुरक्षित निकालेका छन्। प्रहरीले बागमती क्षेत्रमा हावाहुरीसँगै वर्षा पनि भएको बताएको छ तर जिरायतबाहेक अन्य क्षतिको सूचना भने आएको छैन।

spot_img

ताजा अपडेट

लोकप्रिय