spot_img

वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर, ३५० विद्यार्थी लाभान्वित

spot_img
spot_img

वीरगन्ज,२३ जेठ । वीरगन्जमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट करिब ३ सय ५० भन्दा बढी विद्यार्थीले स्वास्थ्य परीक्षण सेवा लिएका छन्।

वीरगन्ज युथ कमिटी को आयोजनामा रामचरण साह पन्नालाल माध्यमिक विद्यालय परिसरमा आँखा तथा दन्त परीक्षणसम्बन्धी शिविर सञ्चालन गरिएको हो।

शिविरमा विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो भने आवश्यक परामर्शसमेत प्रदान गरिएको आयोजकले जनाएको छ। कार्यक्रमलाई सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको कमिटीले स्पष्ट पारेको छ।

शिविरमा मनोकामना डेन्टल क्लिनिक र वीरगन्ज सामुदायिक आँखा केन्द्र ले प्राविधिक सहयोग गरेका थिए। कमिटीका संस्थापक अध्यक्ष विक्की कुमार गुप्ता ले आगामी दिनमा पनि यस्ता जनहितकारी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय