Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025
Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

गुरु पूर्णिमामा प्याब्सन बीरगन्ज–पर्साले...

बीरगन्ज, २६ असार -गुरु पूर्णिमाको पावन अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सन...

बागमती प्रदेश सरकारले २६...

काठमाडौं,२६ असार । चालु आर्थिक वर्ष बागमती सरकारको २६ प्रतिशत बजेट फ्रिज भएको...

सम्झौताअनुसार भारतले पानी नछोडदा...

बीरगन्ज,२६ असार । नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारतले पर्याप्त पानी नदिँदा बारा र...

डा. अरविन्द शाहको नेतृत्वमा...

बीरगन्ज,२६ असार । पर्साको पोखरिया अस्पतालले चिकित्सा क्षेत्रमा एउटा महत्त्वपूर्ण सफलता हासिल गरेको...
spot_imgspot_imgspot_img
24.9 C
Kathmandu
36.2 C
Birgunj
spot_img
spot_imgspot_imgspot_img

नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गर्दै शीर्ष स्थानमा

spot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०६ असार ।  त्रिदेशीय टि–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले नेदरल्याण्ड्समाथि ६ विकेटको शानदार जित दर्ता गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमै ४ विकेटको क्षतिमा पूरा गर्दै प्रतियोगितामा दोस्रो जित हात पारेको हो।

- Advertisement -

नेपालका ओपनर कुशल भुर्तेलले महत्वपूर्ण भूमिका निर्वाह गर्दै ५१ बलमा ६ चौका प्रहार गर्दै ६५ रनको योगदान दिए। ६०औं टि–२० अन्तर्राष्ट्रिय खेल खेलिरहेका कुशलले आफ्नो ११औं अर्धशतक पूरा गरे। नेदरल्याण्ड्सविरुद्ध यो उनको नवौं खेलमा चौथो अर्धशतक हो।

खेलको क्रममा कुशलले भाग्यको साथ पनि पाए९.४ ओभरमा ४४ रन हुँदा उनलाई नोहा क्रोसले क्याच फालेका थिए।

- Advertisement -

कुशलसँग दोस्रो विकेटका लागि ५४ रनको साझेदारी गरेका भीम सार्कीले आफ्नो टि–२० अन्तर्राष्ट्रिय डेब्यु खेलमै १६ बलमा २७ रन जोडे। उनले २ चौका र १ छक्का प्रहार गरे। उनलाई उपकप्तान दीपेन्द्रसिंह ऐरीले डेब्यु क्याप प्रदान गरेका थिए।

तेस्रो विकेटमा कप्तान रोहित पौडेल ७ बलमा ५ रनमै पवेलियन फर्किए। तर चौथो विकेटका लागि आरिफ शेखले कुशलसँग मिलेर २७ बलमा ४४ रनको साझेदारी गरे। आरिफले २३ बलमा ३ चौका र २ छक्कासहित ३९ रन जोडे, रिटायर्ड हर्ट भए।
अन्तिम चरणमा उपकप्तान दीपेन्द्रसिंह ऐरी १२ बलमा १६ रनमा अविजित रहे भने लोकेश बमले ४ बलमा १२ रन बनाउँदै छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनायो। ओपनर माइकल लेविटले ५३ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ८६ रनको धुवाँधार अर्धशतक बनाए।
सकिव जुल्फिकरसँग पाँचौं विकेटका लागि ६३ रनको साझेदारी गरे पनि सन्दीप लामिछानेले त्यो साझेदारी तोडे।
अन्य ब्याटरमध्ये रोइलेफ भान डर मिर्वोले २१ बलमा ३६ र आर्यान दत्तले १८ बलमा १७ रन बनाए। बाँकी ब्याटर भने दोहोरो अंकमा पुग्न सकेनन्।

नेपालका तर्फबाट करण केसीले २ विकेट लिए भने सन्दीप लामिछाने, रुपेश सिंह, ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट हात पारे।

यस जितसँगै नेपालले ३ खेलमा २ जितसहित ४ अंक बनाउँदै तालिकाको शीर्ष स्थानमा स्थान बनाएको छ। नेदरल्याण्ड्स पनि ४ अंकमै छ तर खराब रनरेटका कारण दोस्रो स्थानमा झरेको छ।

ताजा समाचार

spot_img

थप समाचार