इजरायल–इरान युद्धमा अमेरिका पनि सक्रिय, इरानका तीन परमाणु क्षेत्रमा बमबारी

spot_img

काठमाडौं,०८ असार । अमेरिकाले इरानका तीनवटा महत्वपूर्ण परमाणु केन्द्रहरूमा आक्रमण गरेको छ। यस आक्रमणमा फोर्दो, नतान्ज र इस्फहानका परमाणु क्षेत्रहरू लक्षित भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसको जानकारी दिएका छन्।

उनका अनुसार आक्रमण नेपाली समय अनुसार आइतबार बिहान पौने पाँच बजे भएको थियो र सबै अमेरिकी सैन्य जहाजहरू इरानको हवाई क्षेत्रबाट सुरक्षित रूपमा बाहिर निस्किसकेको छ। ट्रम्पले ट्वीट गर्दै भने, “हाम्रा महान अमेरिकी योद्धालाई बधाई। विश्वमा कुनै पनि अन्य सेना यस्तो कार्य गर्न सक्दैन। अब शान्ति कायम राख्न समय हो।”

दोस्रो ट्वीटमा ट्रम्पले इरानलाई युद्ध समाप्त गर्न सहमतिमा आउन आह्वान गरेका छन्।

इरानले भने अमेरिकाको आक्रमणलाई स्वीकार गर्दै आफ्ना सैनिकहरूले रोक्ने प्रयास गरेको तर असफल भएको बताएको छ। इरानी सरकारी समाचार एजेन्सी आईआरईबीले तीनै परमाणु क्षेत्रमा आक्रमण हुनु अघि ती स्थानहरू खाली गराइएको जानकारी दिएको छ। तर क्षतिको विस्तृत विवरण अहिलेसम्म सार्वजनिक गरिएको छैन।

यसैबीच, यमनस्थित हुथी विद्रोहीहरूले अमेरिकाको आक्रमणप्रति कडा विरोध जनाएका छन्। हुथी नेताले यसलाई युद्धको अन्त्य नभई नयाँ संघर्षको सुरुवात भएको बताउँदै ‘हिट एन्ड रन’ युद्धकौशलको समय आएको चेतावनी दिएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय