एसीसी १६ वर्षमुनिको इस्ट जोन कपमा नेपालले आज जापानसँग खेल्दै

spot_img

काठमाडौं,१० असार । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले आज दोस्रो खेलमा जापानसँग प्रतिस्पर्धा गर्दैछ। मलेशियाको कोजल टुन्कु जाफर ओभरल मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान ७:४५ बजे सुरु हुनेछ।

नेपालले यसअघि आइतवार भएको उद्घाटन खेलमा सिङ्गापुरलाई छ विकेटले हराउँदै प्रतियोगितामा शानदार सुरुआत गरिसकेको छ। अहिले नेपाल समूह ‘ए’ मा सशक्त टिमका रूपमा उभिएको छ।

समूह ‘ए’ मा नेपालसँगै सिङ्गापुर, जापान, भूटान र इन्डोनेसिया रहेका छन् भने समूह ‘बी’ मा मलेशिया, हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन्। समूह चरणपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

spot_img

ताजा अपडेट

लोकप्रिय