spot_img

नक्कली परीक्षार्थीको रूपमा परीक्षा दिँदै गरेका युवक काठमाडौंमा पक्राउ

spot_img
spot_img

काठमाडौं,११ असार । अर्काको नाममा परीक्षा दिँदै गरेका एक युवक काठमाडौंमा पक्राउ परेका छन्। प्रहरीले काठमाडौँ महानगरपालिका–१४ स्थित जनप्रशासन क्याम्पसमा एमपिए तेस्रो सेमेस्टरको परीक्षा दिइरहेका केशव रोकायालाई पक्राउ गरेको हो।

जुम्ला चन्दननाथ नगरपालिका–८ का स्थायी बासिन्दा तथा हाल धुम्बाराही बसोबास गर्दै आएका २६ वर्षीय रोकाया दान बहादुर रोकायाको नाममा परीक्षा दिइरहेका थिए। उक्त जानकारी पाएपछि प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

शिक्षासम्बन्धी ऐनअनुसारको कसूरमा पक्राउ परेका रोकायामाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यो घटनाले उच्च शिक्षामा पनि नक्कली परीक्षार्थीको चलखेल हुनसक्ने संकेत देखाएको छ। यसप्रकारका कार्यले शैक्षिक प्रणालीमाथि गम्भीर प्रश्न उठाइरहेको भन्दै प्रहरीले कडा निगरानी र कानुनी कारबाहीको संकेत दिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय