spot_img

मधेसभरिका एमाले उम्मेदवारको जनकपुरमा परिचयात्मक कार्यक्रम सम्पन्न

spot_img
spot_img

बीरगन्ज,११ माघ । नेकपा (एमाले) मधेस प्रदेश कमिटीको आयोजनामा मधेस प्रदेशभरिबाट निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका पार्टीका उम्मेदवारहरूको परिचयात्मक कार्यक्रम आज जनकपुरधाममा सम्पन्न भएको छ।

कार्यक्रममा मधेस प्रदेशका सबै ३२ वटा निर्वाचन क्षेत्रबाट एमालेको तर्फबाट चुनाव लडेका उम्मेदवारहरूको सहभागिता रहेको थियो। यस अवसरमा उम्मेदवारहरूले आ–आफ्नो निर्वाचन क्षेत्रको वस्तुगत अवस्था, स्थानीय आवश्यकता, जनअपेक्षा तथा अपनाइएका चुनावी रणनीतिबारे जानकारी गराएका थिए।

पर्सा जिल्लाबाट निर्वाचन क्षेत्र नम्बर–१ का प्रदीप यादव, क्षेत्र नम्बर–२ की रिमा कुमार यादव तथा क्षेत्र नम्बर–३ का रुपेश पाण्डेय कार्यक्रममा सहभागी थिए। उनीहरूले पर्साका प्रमुख समस्या र समाधानका उपायबारे धारणा राखेका थिए।

परिचयात्मक कार्यक्रममा एमाले मधेस प्रदेशका इन्चार्ज एवम् सिराहा निर्वाचन क्षेत्रका उम्मेदवार लीलानाथ श्रेष्ठ, पार्टी केन्द्रीय सदस्यहरू प्रभु हजरा, विजयकुमार सरावगी, निर्मला देवकोटा, मधेस प्रदेश कमिटीका अध्यक्ष चन्देश्वर मण्डल, उपाध्यक्ष विचार प्रसाद यादव र सचिव मनोज पौडेललगायत नेताहरूको उपस्थिति रहेको थियो।

आजै जनकपुरधाममा राष्ट्रिय सभाको रिक्त सदस्य पदका लागि निर्वाचन कार्यतालिका रहेकाले प्रदेशसभा सदस्य, मेयर, उपमेयर तथा गाउँपालिका अध्यक्ष–उपाध्यक्षहरूको समेत उल्लेखनीय उपस्थिति देखिएको थियो। यस कारण सो परिचयात्मक कार्यक्रमलाई आसन्न निर्वाचनका दृष्टिले अर्थपूर्ण र राजनीतिक रूपमा महत्वपूर्ण मानिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय