एकै दिनमा ३० हजारभन्दा बढी अफगान शरणार्थी इरानबाट स्वदेश फर्किए

spot_img

काठमाडाैं,१२ असार । अफगानिस्तान–इरान सीमास्थित इस्लाम काला नाका भएर मंगलबार एकै दिनमा ३० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फर्किएका छन्। अफगान अधिकारीका अनुसार पछिल्लो समय शरणार्थीहरू स्वदेश फर्किने क्रम तीव्र बनेको छ।

हेरात प्रान्तका सूचना तथा संस्कृति विभागका निर्देशक मौलवी अहमदुल्लाह मुत्ताकीले स्वदेश फर्केका शरणार्थीहरूलाई तत्कालीन आवश्यकताका रूपमा खाना, पानी, र स्वास्थ्य सेवासहितको सहायता प्रदान गरिएको जानकारी दिए।

इरानसँग सिमाना जोडिएका हेरात र निमरोज प्रान्तमा रहेका नाकाबाट पछिल्लो समय दैनिक हजारौं अफगान नागरिक स्वदेश फर्किरहेको स्थानीय अधिकारीहरूको भनाइ छ। निमरोजस्थित पुल-ए-अब्रेसम सीमा नाकाबाट मात्रै दैनिक दुई–तीन हजार व्यक्तिहरू र झण्डै ३०० परिवारहरू अफगानिस्तान प्रवेश गरिरहेका छन्।

विश्वभर करिब ७० लाख अफगान नागरिक शरणार्थीको रूपमा रहेका छन्। तीमध्ये धेरैजसो अवैध रूपमा इरान र पाकिस्तानमा बसोबास गरिरहेका छन्। पछिल्लो राजनीतिक, सामाजिक र आर्थिक परिस्थितिका कारण स्वदेश फिर्तीको लहर तीव्र बन्दै गएको हो।

अधिकारकर्मीहरूका अनुसार सरकारले स्वदेश फर्कने नागरिकहरूलाई आधारभूत सेवा, पुनःस्थापना सहायता र कानुनी प्रक्रिया सहज बनाउन पहल थालेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय