spot_img

पर्सामा हुण्डी रकमसहित तीन जना पक्राउ

spot_img
spot_img

वीरगन्ज,१७ असार । पर्सा प्रहरीले स्रोत नखुलेको ठूलो नगद रकमसहित तीन जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा वीरगन्जका विभिन्न स्थानबाट प्रहरीले २८ लाख रुपैयाँभन्दा बढी रकमसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। यो रकम हुण्डी कारोबारसँग सम्बन्धित रहेको आशंका गरिएको छ।

पक्राउ परेका तीनै जनालाई हाल जिल्ला प्रहरी कार्यालय पर्सामा राखि थप सोधपुछ भइरहेको प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए। प्रहरीले अहिले हुण्डीका मुख्य कारोबारीको खोजी गरिरहेको बताएको छ। यस घटनाले पर्सामा हुण्डी कारोबारको सञ्जाल सक्रिय रहेको र प्रहरीले यसलाई नियन्त्रणमा लिन सक्रियता बढाएको देखाउँछ।

spot_img

ताजा अपडेट

लोकप्रिय