मलाई कुनै स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री

spot_img

काठमाडौं,१९ असार । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले आफूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै कुनै स्पष्टीकरण नसोधिएको बताएकी छिन्। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले स्पष्टीकरण सोधिएको हल्ला निराधार रहेको दाबी गरेकी हुन्। उनले केही ठूला नेताहरूले टेलिभिजनमार्फत यस्तो हल्ला फैलाएको आरोप समेत लगाइन्।

झाँक्रीले यसअघि बुटवलमा पार्टीसम्बद्ध युवा संगठनले आयोजना गरेको एक प्रशिक्षण कार्यक्रममा ‘मरेको सिनो काँधमा बोकेर हिँड्न सकिँदैन, अध्यक्ष फेरौं’ भन्ने अभिव्यक्ति दिएकी थिइन्। उनको यो अभिव्यक्तियता पार्टी महासचिव घनश्याम भुसालले जथाभावी अभिव्यक्ति नदिन ध्यानाकर्षण गराएका थिए।

स्पष्टीकरण सोधिएको भन्ने समाचारहरू सार्वजनिक भएपछि, आफूलाई भने नसोधिएको भन्दै, झाँक्रीले पार्टीले यस विषयमा गरेको निर्णय बुझ्न आफू नै सचिवालय बैठकमा नेताहरूसँग निवेदन लिएर आएको स्पष्ट पारिन्। उनले पार्टीलाई आफ्नो कारणले कुनै हानि नहोस् भन्ने चाहेको बताउँदै, आफ्नो तहको बैठक नभए पनि सचिवालय बैठकमै आएर आफ्नो बारेमा छरिएका भ्रमबारे जान्ने चाहनाअनुसार निवेदन दिएको जानकारी गराइन्।

spot_img

ताजा अपडेट

लोकप्रिय