यू–१६ इस्ट जोन कप: सिंगापुरलाई २ विकेटले हराउँदै नेपाल च्याम्पियन

spot_img

काठमाडौं,२१ असार । एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ। सिङ्गापुरलाई २ विकेटले हराउँदै साविक विजेता नेपालले उपाधि रक्षा गरेको हो। मलेसियाको युकेएम वाइएसटी ओभलमा टस जितेर ब्याटिङ गरेको सिंगापुर ४०.५ ओभरमा ११३ रन बनाउँदै अलाउट भएको थियो। मलेसियाले दिएको ११४ रनको विजय लक्ष्य पछाएको नेपालले २९ ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाउँदै पूरा गरेको हो।

नेपालका लागि जोई थापाले सर्वाधिक २४ रनमा‌ अविजित रहे। उनले ५३ बलमा तीन चौका प्रहार गरे। उनीसँगै अभय यादव १२ बलमा १० रन बनाउँदै अविजित रहे। २९ औँ ओभरको अन्तिम बलमा अभय यादवले छक्का प्रहार गर्दै नेपालको जित सुनिश्चित गरेका हुन्। उनले जोई थापासँग नवौं विकेटको लागि २५ रनको अविजित साझेदारी गरे।

५८ मा ५ को स्थितिबाट जोई थापाले एक तर्फबाट इनिङ सम्हाल्दै नेपाललाई जिततर्फ लम्काएका थिए। एक तर्फबाट लगातार विकेट गइरहँदा जोईले क्रिज सम्हालेका थिए। नेपालका लागि ओपनरद्वय परिमार्जन यादव र प्रसिद्ध जैसीले क्रमश १३ र १७ रन बनाए। श्रीवांश बजगाईले २० रन बनाए। शुभम खनालले १८ रन बनाए। सिंगापुरका लागि बलिङतर्फ कपिस बेनकात्रामले सर्वाधिक ४ विकेट लिए। युवान पाण्डेले दुई विकेट लिँदा वेदांश गुप्ता र आकाश तेजाले १-१ विकेट लिए।

त्यसअघि, पहिलो इनिङमा ब्याटिङ गरेको सिंगापुरका लागि रोहन अस्टिन अरुणले सर्वाधिक २३ रन बनाए। उनले ८४ बल खेल्दै दुई चौका प्रहार गरे। कप्तान रियान‌ नैकले १५ रन बनाए। अन्तिम विकेटका लागि क्रिजमा आएका वेदांश गुप्ता १२ रनमा अविजित रहे। आकाश तेजा १० रनमा अन्तिम विकेटको रूपमा खनालको बलमा बोल्ड भए। सिंगापुरका लागि अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कको रन बनाउन सकेनन्।

१२ ओभर सकिँदा सिंगापुर ६ विकेटको क्षतिमा ५३ रन बनाएको सिङ्गापुरको अन्तिम विकेटका लागि २५ रनको साझेदारी नै सर्वाधिक साझेदारी रह्यो। ३४.३ ओभरमा ९ विकेटको क्षतिमा सिङ्गापुरले १०० रन पूरा गर्‍यो। त्यसपछि अन्तिम विकेटका लागि आकाश तेजा र वेदांस गुप्ताले २५ रनको साझेदारी गर्दै सिङ्गापुरलाई १०० रनमाथिको लक्ष्य दिन सहयोग गरे। नेपालका लागि सुशील बहादुर रावल र अभय यादवले समान ३-३ विकेट लिए । शुभम खनालले २ विकेट लिए। कप्तान विपिन प्रसाद शर्माले १ विकेट लिए। ‌

spot_img

ताजा अपडेट

लोकप्रिय