spot_img

एजुकेशन म्याट्रिक्सको आयोजना र पारुल युनिभर्सिटीको सहयोगमा वीरगंजमा क्यारियर काउन्सिलिङ्ग कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज, २३ असार –  वीरगंजस्थित एजुकेशन म्याट्रिक्स कन्सल्टेन्सीको आयोजनामा भारतको प्रख्यात पारुल युनिभर्सिटीको सहकार्यमा एकदिने क्यारियर काउन्सिलिङ्ग सेमिनार सम्पन्न भएको छ।

शनिवार वीरगंजको सोल्टी गार्डेन पार्टी प्यालेसमा आयोजित सो कार्यक्रम वीरगंजका विभिन्न विद्यालयहरूमा अध्ययनरत १६० भन्दा बढी विद्यार्थी र अभिभावकको सहभागितामा सम्पन्न भएको हो।

सेमिनारमा पारुल युनिभर्सिटीका प्रतिनिधि विश्वराज र म्याट्रिक्स एजुकेशनका सिइओ नाजाम अलीसहित पर्साका शिक्षा क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै विश्वराजले पारुल युनिभर्सिटीमा विश्वका ७० भन्दा बढी देशका विद्यार्थीहरू अध्ययनरत रहेको जानकारी दिए। उनले नेपालबाट मात्र २,००० भन्दा बढी विद्यार्थीहरू हाल विश्वविद्यालयमा अध्ययनरत रहेको उल्लेख गर्दै नेपाली विद्यार्थीहरूका लागि ५० प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराइँदै आएको बताए।

डिप्लोमा, ब्याचलर, मास्टर्स, इन्जिनियरिङ, मेडिकल तथा म्यानेजमेन्ट क्षेत्रमा अध्ययनका लागि पारुल युनिभर्सिटी विद्यार्थीहरूको पहिलो रोजाइमा पर्दै आएको जानकारी आयोजक संस्थाले दिएको छ।

कार्यक्रमका क्रममा म्याट्रिक्सका सिइओ नाजाम अलीले पारुल युनिभर्सिटीबाट अध्ययन गरेका नेपाली विद्यार्थीहरू नेपाल र भारतमा नै राम्रो रोजगारी पाउँदै आएकाले विश्वविद्यालयप्रति आकर्षण बढेको बताए।

spot_img

ताजा अपडेट

लोकप्रिय