सर्लाहीमा १७ अर्ब खर्च, १.३६ अर्ब बजेट फ्रिज

spot_img

सर्लाही,२६ असार । जिल्लामा चालू आर्थिक वर्ष २०८१र०८२ मा कुल १७ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी खर्च भएको छ। तर, बजेट खर्चको दौडमा पनि १ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी बजेट ‘फ्रिज’ (खर्च हुन नसकी सरकारी खातामा फिर्ता) भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीले जनाएको छ।

जिल्लामा कुल ५ अर्ब १६ करोड ७४ लाख ९० हजार पुँजीगत (विकास) बजेट मध्ये ८६.३४ प्रतिशत अर्थात् ४ अर्ब ४६ करोड १८ लाख ९५ हजार ५०७ रुपैयाँ ८४ पैसा खर्च भएको छ। विकासतर्फ ७० करोड ५५ लाख ९४ हजार ४९२ रुपैयाँ खर्च हुन नसकी फिर्ता भएको छ।

त्यस्तै, चालु बजेट १३ अर्ब ६४ करोड ६५ लाख ३ हजार ४१७ रुपैयाँ मध्ये ९५.१७ प्रतिशत अर्थात् १२ अर्ब ९८ करोड ८० लाख १२ हजार ३१४ रुपैयाँ ८ पैसा खर्च भएको छ। यसबाट ६५ करोड ८४ लाख ९१ हजार १०२ रुपैयाँ २ पैसा चालु बजेट पनि फ्रिज भएको छ।

कोष नियन्त्रक पुष्प प्रसाद गुरागाईंका अनुसार, असारको अन्तिम २५ दिनमा मात्रै पुँजीगततर्फ १ अर्ब २७ करोड १७ लाख ७४ हजार १८३ रुपैयाँ र चालुतर्फ १ अर्ब ९५ करोड ८८ लाख ११ हजार ४३८ रुपैयाँ ९९ पैसा खर्च भएको छ। यो कुल वार्षिक बजेटको ठूलो हिस्सा हो, जसले आर्थिक वर्षको अन्तिममा खर्च गर्ने प्रवृत्तिलाई देखाउँछ। कानुनी व्यवस्थाअनुसार असार २५ गतेसम्म मात्रै सरकारी भुक्तानी गर्न पाइने भएकाले अन्तिम समयमा खर्चको चाप बढेको हो।

spot_img

ताजा अपडेट

लोकप्रिय