प्रधानमन्त्री केपी शर्मा ओलीले घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई राजीनामा दिन निर्देशन दिएका छन्।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले गुप्तालाई राजीनामा दिन निर्देशन दिएका हुन्।
घुस प्रकरणमा मुछिएपछि चर्चामा रहेका मन्त्री गुप्तालाई प्रधानमन्त्री ओली झापाबाट फर्के लगत्तै सोमबार बिहान बालुवाटारमा बोलाएका थिए।

