पिथौरागढमा यात्रुबाहक गाडी नदीमा खस्दा ८ जनाको मृत्यु

spot_img

काठमाडौं,३२ असार । भारतको पिथौरागढमा यात्रु बोकेको गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।

पिथौरागढ जिल्लास्थित थाल प्रहरी चौकी क्षेत्रबाट बोक्ता गाउँ जाँदै गरेको म्याक्स ट्याक्सी सोमबार मोड काट्ने क्रममा नियन्त्रण बाहिर गई नदीमा खसेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

जिल्ला प्रहरी प्रमुख रेखा यादवका अनुसार गाडीमा चालकसहित १३ जना सवार थिए। दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु भएको र ५ जना घाइते भएको बताइएको छ।

गाडी नदीमा खस्दा ठूला ढुंगामा ठोक्किएर क्षति भएको र उद्धारका क्रममा केही यात्रु गाडीमै फसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घाइतेहरूको नजिकैको अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय