spot_img

सभापति खतिवडासँग छानबिन समितिले लियो बयान

spot_img
spot_img

वीरगन्ज,३२ असार । संघीय निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ हेरफेर गरेको आरोपमा जारी छानबिन प्रक्रियाअन्तर्गत आज राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडासँग बयान लिइएको छ। कांग्रेस सांसद जीवन परियारको संयोजकत्वमा गठित विशेष समितिले पुरानो राज्य व्यवस्था समितिको बैठक कक्षमा खतिवडासँग बयान लिएको हो।

संघीय निजामती विधेयकको प्रतिवेदनमा ‘कुलिङ अफ पिरियड’ (सेवाबाट अवकाशपछि निश्चित समयसम्म अन्य सरकारी लाभको पदमा जान नपाउने व्यवस्था) हेरफेर गरिएको भन्दै व्यापक प्रश्न उठेका थिए। यस विषयमा गम्भीर छानबिन गरिनुपर्ने माग उठेपछि संसदले छानबिन विशेष समिति गठन गरेको थियो।

आजको बयानका क्रममा संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिका सदस्यहरू इश्वरी घर्ती, माधव सापकोटा, गणेश पराजुली, सुशीला थिङ, रोशन कार्की लगायतका साथै सहसचिव मनोज कुमार गिरी पनि सहभागी थिए।
यो छानबिनले संघीय निजामती विधेयकमा भएको भनिएको त्रुटिको सत्यतथ्य बाहिर ल्याउने र जिम्मेवार पक्षलाई जवाफदेही बनाउने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय