बीरगन्ज,१६ साउन । पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका–३, झौवामा मधेश प्रदेश सरकारको सहयोगमा सिँचाइका लागि ‘पावरड्रिल बोरिङ’ जडान गरिएको छ। यस परियोजनाले करिब २०० बिघा खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउने अपेक्षा गरिएको छ, जसले खडेरीको समयमा किसानहरूलाई राहत दिनेछ।
जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सरार्फले एक कार्यक्रमका बीच उक्त बोरिङको उद्घाटन गरे। उनले बोरिङलाई किसानका लागि “सञ्जीवनी” सावित हुने उल्लेख गर्दै, जनमत पार्टी सधैं किसानको पक्षमा खडा हुने पार्टी भएको दाबी गरे।
“हामी किसानको दुःख बुझ्ने पार्टी हौं,” सरार्फले भने, “यो बोरिङ सिँचाइको अभावमा थलिएको खेतलाई पुनः हरियालीमा बदल्नेछ।”
उक्त कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य अनिता रौनियार, सन्तोष साह, प्रदेश सदस्य राजनारायण मिश्र, बिन्दवासिनी पालिका कमिटी अध्यक्ष विनोद (ललन) चौरसिया लगायतका नेता तथा स्थानीय किसानहरूको उपस्थिति रहेको थियो।

