ब्राइट कलेजमा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न

spot_img

बीरगन्ज,१७ साउन । ब्राइट कलेजमा कक्षा ११ र १२ का विद्यार्थीहरूका लागि आयोजना गरिएको निःशुल्क आँखा परीक्षण शिविर सफलतापूर्वक सम्पन्न भएको छ। बिरगंज दृष्टि आई एण्ड ईएनटी हस्पिटल प्रा. लि. को सहयोगमा आयोजित उक्त स्वास्थ्य शिविरमा झन्डै ३०० विद्यार्थीहरूको आँखा परीक्षण गरिएको हो।

शिविरमा अप्टोमेट्रिस्ट पूजा यादव, नेत्र सहायक सनी केशरी र सिम्मी मन्सुरी, आँखासम्बन्धी स्वास्थ्यकर्मी आलोक कुमार साह तथा अस्पताल समन्वयकर्ता राजु प्रसादको टोलीले सेवा प्रदान गरेका थिए।

कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूमा आँखासम्बन्धी सम्भावित समस्या समयमै पहिचान गरी आवश्यक सल्लाह तथा उपचारको व्यवस्था मिलाउनु रहेको आयोजक संस्थाले जनाएको छ।

कलेज प्रशासनका अनुसार यस्ता स्वास्थ्य चेतनामूलक कार्यक्रमले विद्यार्थीहरूमा स्वास्थ्यप्रतिको सजगता बढाउने भएकाले भविष्यमा पनि यस्ता शिविर निरन्तर आयोजना गरिनेछ।

spot_img

ताजा अपडेट

लोकप्रिय