नाउपाको केन्द्रीय समितिको बैठक भदौ १५ र १६ मा

spot_img

काठमाडौं,१३ भदौ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले पार्टीको केन्द्रीय समितिको बैठक बोलाएकी छन्। बैठकमा संस्थापक केन्द्रीय सदस्य, प्रतिनिधि सभा र प्रदेश सभा सदस्य, साथै पालिका प्रमुख र उपप्रमुखहरूलाई समेत सहभागी हुन आह्वान गरिएको छ।

बैठक भदौ १५ र १६ गते काठमाडौंको कान्तिपथस्थित होटल एल्लो प्यागोडामा बस्नेछ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, विधान संशोधन, केन्द्रीय सदस्य मनोनयन, निर्वाचन आयोगमा विवरण अद्यावधिक लगायतका विविध एजेन्डा छलफल हुने नाउपाले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय