विदेशी आयात रोक्न सांसद ज्ञानेन्द्र शाहीको माग

spot_img

काठमाडौं,१८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र शाहीले जुम्लाको स्याउ प्रवर्द्धन गर्दै विदेशी स्याउको आयात तत्काल रोक्न सरकारसँग माग गरेका छन्।

बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद शाहीले “जुम्ली स्याउ खाऔं, विदेशी स्याउ रोकौं” भन्ने नारासहित सरकारलाई कृषक हितमा ठोस कदम चाल्न आग्रह गरे।

उनले कृषिमन्त्री र गृहमन्त्रीलाई सम्बोधन गर्दै, नेपाली उत्पादनलाई प्राथमिकता दिने नीति अवलम्बन गर्न र विदेशी स्याउको आयात रोक्न आवश्यक नीतिगत व्यवस्था गर्न आह्वान गरे।

सांसद शाहीले जुम्ला लगायत हिमाली भेगमा उत्पादन हुने स्याउ राजधानी काठमाडौंसहित अन्य सहरमा पुर्‍याउन सडक र यातायात पूर्वाधारको सुधार आवश्यक भएको बताउँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई पनि ध्यानाकर्षण गराएका छन्।

उनले भने, “कृषि उपजलाई प्राथमिकता दिँदा मात्रै किसानको जीवनस्तर उठ्छ र देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ।”शाहीले देशमै उत्पादन हुने फलफूल र कृषि उपजलाई बजार सुनिश्चितता दिएर विदेशी आयातमा निर्भरता घटाउनुपर्ने बताए।

उनको भनाइमा, “नेपाली किसानले रातदिन मेहनत गरेर उत्पादन गरेका वस्तु बजार नपाउँदा निराश हुन्छन्, जबकि विदेशी उत्पादनले हाम्रो बजार छोपिरहेको छ।”

spot_img

ताजा अपडेट

लोकप्रिय