काठमाडौं,२१ भदौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राष्ट्र संघको ८०औं महासभामा भाग लिन अमेरिका नजाने भएका छन्।
सेप्टेम्बर २३ देखि २९ सम्म चल्ने उच्चस्तरीय सामान्य बहसमा भारतको प्रतिनिधित्व विदेश मन्त्री एस. जयशंकरले seप्टेम्बर २७ मा गर्ने सम्भावना रहेको छ। प्रारम्भिक वक्ताहरूको सूचीमा मोदीले सेप्टेम्बर २६ मा सम्बोधन गर्ने उल्लेख थियो।
महासभा सेप्टेम्बर ९ मा सुरु हुनेछ, जसमा ब्राजिल पहिलो वक्ता हुनेछन् र त्यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेप्टेम्बर २३ मा सम्बोधन गर्नेछन्।
मोदीको अनुपस्थितिको कारण स्पष्ट छैन, तर भारत–अमेरिका सम्बन्धमा रुसबाट तेल खरिदसँग जोडिएको कर विवादले प्रभाव पारेको हुनसक्ने विश्लेषकहरूले अनुमान गरेका छन्। साथै, जापान र चीन भ्रमणपछि मोदी स्वदेशमा सुधारका प्राथमिकतामा केन्द्रित रहेको बताइएको छ।

