एशिया कप टी–२० क्रिकेट : आज भारत र यूएई खेल्दै

spot_img

काठमाडौं,२५ भदौ । एशिया कप टी–२० क्रिकेटमा आज भारत र संयुक्त अरब इमिरेट्स (यूएई) खेल्दैछन् । यो खेल राति सवा ८ बजे दुबईमा शुरू हुनेछ । भारत र यूएईबीच अहिलेसम्म एक पटक मात्रै टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता भएको छ । सन् २०१६ को एशिया कपमा भारतले यूएईलाई ९ विकेटले हराएको थियो ।

हिजोदेखि शुरू भएको १६औं संस्करणको प्रतियोगितामा हङकङलाई हराउँदै अफगानिस्तानले विजयी शुरुआत गरेको छ । ८ वटा टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा भारत, यूएई, पाकिस्तान र ओमान छन् । यस्तै समूह ‘बी’ मा अफगानिस्तान, हङकङ, बङ्गलादेश र श्रीलङ्का छन् । एशिया कपको फाइनल खेल आउँदो सेप्टेम्बर २८ मा हुनेछ ।

spot_img

ताजा अपडेट

लोकप्रिय