असोजमा थप घट्यो व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर

spot_img

काठमाडौँ,३१ भदाै । असोज महिनाका लागि वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसतमा भदौको तुलनामा घटेको छ। २० वटा बैंकले सार्वजनिक गरेको सूचीअनुसार, अधिकतम ब्याजदर ०.११३५ प्रतिशत विन्दुले तल झरेको छ।

भदौमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ५.५७७ प्रतिशत रहेकोमा असोजमा ५.४६३५ प्रतिशत कायम भएको छ। २० बैंकमध्ये १० बैंकले आफ्नो अधिकतम ब्याजदर घटाएका छन्। बैंकहरूले लामो अवधिका लागि अधिकतम ब्याजदर तोकेका छन्, छोटो अवधिका निक्षेपमा भने कम ब्याजदर उपलब्ध हुन्छ।

ब्याजदर घटाएका बैंकमा कृषि विकास, एभरेस्ट, नेपाल, एनआईसी एसिया, प्राइम कमर्सियल, कुमारी, सानिमा, नेपाल एसबीआई, एनएमबी र सिटिजन्स रहेका छन्। सात बैंकले ब्याजदर स्थिर राखेका छन् भने लक्ष्मी सनराइज र स्ट्यान्डर्ड चार्टर्ड बैंकले सामान्य वृद्धि गरेका छन्।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नीतिगत दर घटाएर बैंकहरूलाई ब्याजदर घटाउन दबाब दिएको थियो। हाल नीतिगत दर ४.५ प्रतिशत, स्थायी तरलता सुविधा दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर २.७५ प्रतिशत रहेको छ।

विश्लेषकका अनुसार, कर्जा प्रवाहमा सुस्तता कायम रहँदा बैंकहरूले ब्याजदर घटाउन सुरु गरेका हुन्, जसले बचत र कर्जाको लागतमा पनि प्रभाव पार्ने अपेक्षा छ।

spot_img

ताजा अपडेट

लोकप्रिय