भोली देशभर सार्वजनिक बिदा

spot_img

काठमाडौँ, ३१ भदौ।  सरकारले भदौ २३ र २४ गतेको जेनजी पुस्ताको प्रदर्शनमा ज्यान गुमाउनेको सम्झनमा बुधबार नेपालभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयद्वारा मंगलबार जारी सूचनाअनुसार २०८२ भदौ ३१ गते (बुधबार) देशभरका सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरू बन्द हुनेछन्।

मन्त्रिपरिषद् बैठकले मृतकहरूको सम्मानमा राष्ट्रिय शोक दिवस मनाउँदै देशभर राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको छ।

मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले हस्ताक्षर गरेको सूचनामा, प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूलाई श्रद्धाञ्जलि अर्पण गर्ने उद्देश्यले सार्वजनिक बिदा दिइएको उल्लेख छ।

spot_img

ताजा अपडेट

लोकप्रिय